श्री संकल्प बहुउद्देश्यीय सहकारी संस्था लि.

संकल्प बहुउद्धेश्यीय सहकारी सस्था लि. जिल्ला नवलपरासी बर्दघाट – ४ नगरपालिका ( साबिक माकर गा.वि.सा. वाड नः ४) मा अवस्थित यस सहकारी वि.स २०५२ साल देखी २०६५ साल तिर द्धन्दकालको कारण गाँउ समाजमा आफ्नो जीवनयापन को लागी समाजमा आर्थिक अवस्था सहज किसिमको नभएको कारण आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा केहि गर्नु पर्छ भन्ने कुराको महसुुुस भई यस संकल्प बहुउद्धेश्यीय सहकारी सस्था लि. डिभिजन सहकारी कार्यलयमा दर्ता भई मिति २०६५।१२।३ गते सस्था कार्य सञ्चालनमा ल्याईयो ।
संस्था बहुउद्धेश्यीय भएको कारण सहकारीमा आवद्ध शेयर सदश्यहरुको आवश्था लाई माध्य नजर गर्दै सुपत पसल बाट संचालन गरीएको यस सहकारी सदश्यकौ सल्लाह सुझाव अनुसार सस्ंथा बाट सेवा सुविधा प्राप्त गर्ने उदेश्यले सस्ंथा बचत रिन र उत्पादनशिल कार्यको लागी पनि अगी बडी रहेको छ । शेयर सदश्यहरु लाई मित्यबिताको भावना गराई नियमित रुपमा बचत गर्ने बानीको विकाश गराई ब्याक्तिगत एवं आत्मा निर्भर समाजको निमार्णमा योगदान पुप्याउन सदश्यहरुमको आयआर्जन क्षमता को पहिचान गरी उत्पादनशिल र आयमुलक क्षेत्रमा सदश्यहरु मार्फत लगानी प्रवद्धन गरी छरीएर रहेको पँुजीको उपयोग बढाई सदश्यहरुको आर्थिक सामाजिक अवश्थामा सुधार गर्ने उदेश्यले सस्थांको स्थापना भएको हो ।
हाम्रो सुविधाहरू
- सदस्यहरूबाट सङ्कलित बचत रकम आर्थिक उपार्जनमा केन्द्रित रही ऋण प्रवाह गर्ने र शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने |
- सदस्यहरूको आर्थिक, सामाजिक तथा प्रविधिक दिगो समृद्धिमा केन्द्रित, प्रतिस्पर्धी र उत्कृष्ट छनोटको वित्तीय संस्था बन्ने
- वर्तमान परिस्थितिलाई मध्यनजर गरी आधुनिक पद्धति अनुसार सस्यहरुलाई सेवा प्रदान गर्ने
- सदस्यहरुलाई सहकारी व्यवसाय सम्बन्धी शिक्षा र तालिमद्धारा क्षमता विकास गर्ने
- राष्ट्रियस्तरको सहकारीहरुसगँ सहयोग र सहभागिता वृद्धि गर्ने
- सदस्यहरुको आवश्यकतालाई मध्यनजर गरी आवश्यकता पुरा गर्ने
- सदस्यहरुमा पुँजी परिचालन गरी व्यवसाय वृद्धि गर्ने