
Message From President
संकल्प बहूउद्येश्यिय सहकारी संस्था जिल्ला सहकारी डिभिजन कार्यलयमा विधिवत रुपमा दर्ता भई मिति २०६५ साल चैत्र ३ गते बाट आफ्नो नियमित कार्य सुचारु गरेको ब्यहोरा सबैमा अवगत भएकै छ । संस्थाले काम गर्ने दौरानमा विभिन्न आरोह अवरोधहरु ,पार गर्दै आएको व्यहोरा यहाँहरु सबैमा अवगत नै छ । त्यसका बावजुत शेयर सदस्य ज्युहरुको सस्ंथा प्रतिको विश्वास, इमान्दारिताका साथ आफ्नो रगतलाई पानी बनाएर आर्जेको रकमलाई यस सस्ंथामा जम्मा गरी सस्ंथालाइ द्रुतगतिमा अगाडी बढाउन सहयोग गर्ने शेयर सदस्यहरु ज्यु साथै लामो अवधि सम्म भोलिण्टेयाको रुपमा सस्ंथामा कार्यरत कर्मचारीहरु सस्थांको चिया पानी समेत नखाइकन खटिनु भएका सञ्चालक समितिका साथीहरु लेखा समिति उपसमिति सल्लाहाकार साथै सस्ंथालाई दु्रतगतीमा अगाडि बढाउनका निमित्त सल्लाहाकार दिई सहयोग गर्नुहुने आसा व्यक्त गर्दछु ।
अहिलेको २१ औं सताब्दिमा प्रविधिले आफ्नो विकासमा फड्को मारी उक्त प्र्रविधि विकासलाई यस संकल्प बहुउद्धेश्यीय सहकारी सस्ंथाले पनि आफ्नो सेयर सदस्यको हितमा मोबाइल बैंकिङ्को माध्यमबाट सेवा प्राप्त हुने घरमै बसिबसि प्रयोग गर्न मिल्ने हुदा सम्र्पुण सेयर सदस्य ज्युहरुले सेवा उपयोग गर्र्नुहुन अनुरोध गर्दछु ।
अध्यक्ष
छबिलाल खरेल
ककसंकल्प ब.स.स.लि.
बर्दघाट ४