२०६५/१०/३ गते स्थापना भएको यस सहकारी सस्ंथा विभिन्न अवरोध पार गर्दै स्थानिय स्तरमा चर्चा परिचर्यचा कमाउन सफल हुनुका साथै सदस्यहरुको विश्वास जित्न सफल भएको छ । यस सस्ंथाले शेयर सदस्यहरुको वित्तिय आवश्यकता पुरा गर्न सक्ने सहज सुरक्षित र भर पर्दाे वित्तिय सस्थां बन्न सफल हुनुको साथै सदस्यहरुको आवश्यकतालाई मध्य नजर गर्दै उत्पादनशिल क्षेत्रमा पनि सक्रिय भई उत्पादित वस्तु सुफत मुल्यमा विक्री समेत गरिएको छ । सदस्यहरुलाई सस्ंथा प्रतिको गुनासो पहिलो प्राथमिक दिदै सस्ंथाको कारोवार डिजिटल गराउनका साथै सदस्यहरुको सन्तुष्टि र गुणस्तरिय सेवा प्रदान गर्नका लागि सस्ंथाको निति विधि प्रविधियुत्त सेवा प्रदान गर्दै सस्ंथा अगाडि बढाउन सफल भएका छौ विगतका दिनमा हेर्ने हो भने ३० जना सदस्य र १५४०० शेयर रकम रहेको यससस्ंथा हालमा १०४३ र ६१ लाख सेयर रकम पुप्याउन सफल भएका छौ । अगामि दिनमा अझै प्रभावकारी व्यवश्थापनका लागी सहकारीका सदस्य ज्युहरु विभिन्न नियमक निकाय र सहकारी सुभचिन्तक एवम् सहकारी अभियान्ता ज्युहरुले सो सुझाव दिनुहुन अनुरोध गर्दै हजुरहरुको सुझावलाई आत्मा साथ गर्दै संस्थालाई अगाडि बढाउने प्रतिबद्धता समेत गर्दछौ ।
कृषि क्षेत्रमा आबद्ध भएका सदस्यहरुलाइ आधुनिक माध्यमबाट तालिम दिई उत्पादितमा सक्रिय गराई उत्पादित वस्तुको विकास गराउनका साथ साथै सस्ंथा सञ्चालन प्रकृयालाई नियमित रुपमा इमान्दारीता, पारदर्शिता तथा लगनशिलता भई आफ्नो जिम्मेवारी कार्यन्वयन गरी गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता गर्ने छौ ।